काठमाडौं उपत्यकामा ५ जनामा देखियो कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०३-०१ ०६:०१ मा प्रकाशित
Total Shares: 418
काठमाडौं - काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण देखिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस