काठमाडौंमा आज यो वर्षकै चिसो
काठमाडौं - काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । शुक्रबार विहान काठमाडौं उपत्यकामा यो वर्षकै सबै भन्दा जाडो भएको छ । उपत्यकामा विहानको न्यूनतम तापक्रम ७ डिग्रि सेल्सेसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एक दिन अघि विहिबार बिहान काठमाडौं उपत्यकाको तापक्रम ७.५ डिग्री सेल्सियस थियो ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यो सिजनल जाडो नै हो । जनतापाटीसँग उनले भने, ‘अहिले पश्चिमी क्षेत्रमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । मध्य र पूर्वतिर त सिलनल जाडो न हो ।’ मौसमविद अर्यालले अब दिनप्रतिदिन चिसो बढ्दै जाने बताएका छन् ।
यो प्राविधिक पक्षबारे जानकारी दिँदै अर्यालले दिउँसोमा अधिकतम तापक्रम घट्दा जाडो हुन्छ भन्ने रातिमा न्यूनतम तापक्रम घट्दा जाडो बढी हुन्छ, भने । उनका अनुसार शुक्रबार पश्चिमका उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा हिमपातको समेत सभ्वावना छ ।
फेसबुक पेज Like गर्नुहोस