कलाकार सिपी लोहनीको निधन
खबर एक्सप्रेस
२०८१-०१-१७ ०६:०० मा प्रकाशित
Total Shares: 162
काठमाडौं - कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए।
८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन्।
फेसबुक पेज Like गर्नुहोस