विराटनगरमा अस्पतालबाट हामफालेर बिरामीले गरे आत्महत्या
काठमाडौं,विराटनगर - विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हाम फालेर बिरामीले आत्महत्या गरेका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले अस्पतालबाट हामफालेर आत्महत्या गरेका हुन् । अस्पताल स्रोतका अनुसार ती बिरामी आईसीयूमा उपचाररत थिए ।
फोक्सोमा समस्या रहेका ती पुरुष असोज १७ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था बिग्रिदैँ गएपछि चिकित्सकको सल्लाह बमोजिम आईसीयूमा राखेर उपचार थालिएको थियो।
सोमबार बिहान आईसीयूबाट बाहिर निस्किएका ती पुरुषले दुई तलामाथिबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । हाम फालेर गम्भिर घाइते भएका ती पुरुषको उपचारको क्रममा ९ बजेतिर मृत्यु भएको हो ।
आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको गम्भीर रुपमा अनुसन्धान थालिएको छ ।
फेसबुक पेज Like गर्नुहोस