मौसम: आइतबारसम्मै पानी पर्दैन नेपालमा
काठमाडौं - शुक्रबार देशैभरको मौसम सामान्य रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मध्य तथा पूर्वी भेगमा हुस्सु लागेको छ ।
उपत्यकामा सामान्य बदली रहेको छ । तराईमा हुस्सु र कुहिरो रहेको छ । तराईको कुहिरो भने लामै समयसम्म रहने उनको भनाइ छ ।
बिहीबारको तुलनामा मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली बढी हुने अर्यालले बताए । मध्यान्हपछि कम हुँदै जाने उनले बताए । वर्षा भने नहुने उनले बताए । तीन दिनसम्म नै वर्षा हुने सम्भावना नरहेको मौसमविद् अर्यालले बताए ।
७२ घण्टामा मध्य र भूभागमा आंशिक बदली देखिन्छ भने पानी पर्ने सम्भावना छैन । पश्चिमी, पूर्वी र मध्य भेगमा हल्का बादल र हिमाली भेगमा हल्का हिमपात पर्ने सम्भावना भने रहेको छ ।
उपत्यकामा शुक्रबार बिहान तापक्रम कम रहेको छ भने भिजिबिलटी केही बढेको छ ।
फेसबुक पेज Like गर्नुहोस