काठमाडौं-नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालको कार्यकालको विषयमा अनेक खाले हल्ला चलिरहेको छ ।

अर्थ मन्त्रालयको सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनमा समेत प्रष्ट लेखिएकाे छ । कार्यकालको सम्बन्धमा सम्बन्धित ऐनमा व्यवस्था भएअनुसार हुने भनिएको छ यति प्रष्ट ब्यबस्था हुदा हुदै प्राधिकरण अध्यक्ष सिलवालको कार्यकालको विषयमा अनेकखाले  टिप्पणी आवश्यक नभएको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुको भनाइ छ ।

बीमा ऐन अनुसार प्राधिकरणका अध्यक्ष सिलवालको कार्यकाल डेढ वर्ष बाँकी छ अर्थमन्त्रालयले बीमा ऐन बिपरित कार्यविधि बनाए । त्यस्तो कार्यविधि गैरकानुनी हुने कानुनविदहरु बताउँछन् । खबर एक्सप्रेसले अर्थ मन्त्रालयका सचीव र सम्बन्धित क्षेत्रका कर्मचारी संग प्रश्न गर्दा यस् विषयमा धेरै बोल्ने आट गरेनन् । ऐन अनुसार हुने भन्ने जवाफ मात्र  प्राप्त भयो ।

सिलवालले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी  पाएदेखि नै बीमा क्षेत्रमा भएको विकृति–विसंगति हट्दै उल्लेख्य सुधार भैरहेको छ । नेपाल सरकारको सचीवको जिम्मेवारीमा रहदा उद्योग,सञ्चार र गृह सचीव भएर लामो समयसम्म कुशलतापूर्वक जिम्मेवारी सम्हालेका सिलवाल सचिव हुँदै आफ्नो छुट्टै पहिचान बनाएका सिलवाललाई बीमा कम्पनीको संस्थागत सुशासन कायम गर्न निकै कठिन थियो,तर सिलवाल बीमा प्राधिकरणको नेतृत्वमा आएपछि बीमा क्षेत्रका धेरै समस्याहरु र विकृतिहरुलाई चिर्दै सिलवालले बीमा क्षेत्रलाई चलायमान बनाउन सफल भएका व्यक्ति हुन । उनका विरुद्धमा बीमा क्षेत्रका बिचौलियाहरु र केहि बीमा कम्पनीहरु समेत लागेका छन् ।

सिलवालको कार्यकालको विषयमा अनेक चर्चा चलेपछी  खबर एक्सप्रेसले अधिवक्ता दिपेन्द्र प्रसाद घिमिरेसंग अर्थ मन्त्रालयले बनाएको भनिएको कार्यविधि विषयमा कुरा गर्दा  संसदले बनाएको बीमा ऐन भन्दा मन्त्रालयले बनाएको कार्यविधि ठूलो नहुने र त्यस्तो कार्यविधि खारेज योग्य भएको बताए ।