काठमाडौं –  सत्तासीन नेकपाका सह–अध्यक्ष पुष्पकमल दाहालले पूर्व श्री ५ ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने अभिव्यक्ति दिएको र आफूसँग विचार नमिल्ने जति दलाल हुन् भनी आलोचना गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले दाहालको अभिव्यक्तिलाई ‘निकृष्ट’ र ‘दुर्भाग्यपूर्ण’ भएको जनाएको छ ।

एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले देश कसैको पेवा नभएको प्रष्ट्याएको छ । आफूसँग विचार नमिल्ने र देशमा भइरहेको लुटतन्त्रको विरोध गर्नेजति सबै दाहालका दास र रैती हुन सक्दैनन् भन्ने हेक्का राख्न दाहाललाई राप्रपा (संयुक्त)ले चेतावनी दिएको छ ।

राप्रपा ९संयुक्त०का प्रवक्ता जनकराज पाठकद्वारा जारी विज्ञप्तिमार्फत् अरुलाई गाली गर्ने, धम्की दिने बानी छोडेर देशमा विद्यमान लुट, भ्रष्टाचार र एकदलीय अधिनायकवादी प्रवृत्ति तथा व्यवहार नियन्त्रण गर्न सो पार्टीले दाहाललाई सुझाव दिएको छ ।