भ्रष्टाचार नियन्त्रण गर्न नसकेसम्म मुलुक समृद्ध हुँदैन : प्रचण्ड
खबर एक्सप्रेस
२०८१-११-०३ ०७:३७ मा प्रकाशित
Total Shares: 29
हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण गर्न नसकेसम्म मुलुक समृद्ध नहुने बताएका छन् ।
मकवानपुरको वाग्मती गाउँपालिकास्थित शहीद स्मृति रंगशालामा सातौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले जबसम्म मुलुकका भ्रष्टाचारीहरुलाई कानुनी कठघरामा उभ्याउन सकिँदैन तबसम्म मुलुक समृद्ध हुन नसक्ने बताए ।
अध्यक्ष प्रचण्डले भने,’भ्रष्टाचारीहरु जहाँ जुन अवस्थामा छन् तिनीहरुलाई जनताकै बलले ठेगान लगाउनु पर्छ। ‘
उनले सुशासनको पक्षमा र भ्रष्टाचारीहरुको विरुद्धमा माओवादीले सञ्चालन गरेको अभियानमा सबै जोडिन आग्रह गरे ।
फेसबुक पेज Like गर्नुहोस