चट्याङले टेलिकम सेवा अवरुद्ध
खबर एक्सप्रेस
२०७६-११-२४ ०७:०६ मा प्रकाशित
Total Shares: 526
सिन्धुली - सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पुर्याउँदा सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले आज विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पु¥याएको जानकारी दिए ।कुन उपकरणमा कति क्षति पुगेको हो भन्ने विवरण प्राप्त नभएको उनले बताए ।
चट्याङका कारण टावर नजिकै रहेका पाँच घरका विद्युत्को मिटरबक्समा क्षति पुगेको जनाइएको छ । नेपाल टेलिकमका लेखा अधिकृत बसुधरा खड्काले टावरमा चट्याङ पर्दा पूरै क्षति भएको, मर्मत गर्न प्राविधिक टोली आइतबार आउने र छिटोभन्दा चाँडो सेवा सञ्चालनमा ल्याउने जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस