गुल्मी - कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका शिक्षकको सम्पर्कमा आएका एक जनामा कोरोना देखिएको छ।
जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोट दहका ४१ वर्षीय शिक्षक केही दिनअघि रुपन्देहीको क्रिमसन अस्पतालमा निधन भएका थिए।
निधन भएका ती पुरुषको सम्पर्कमा आएका एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए।
ती ४१ वर्षीय पुरुषको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो। तीमध्ये ३ जनाको रिपोर्ट भने आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

.gif)



