काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई माथिल्लो सदन सिनेटले सफाई दिएको छ ।

बुधबार भएको मतदानमा रिपब्लिकन सासंदहरूले अनुमान गरिए अनुरुप नै ट्रम्पको पक्षमा मतदान गरेपछि उनले सफाइ पाएका हुन्।

ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पदको दुरुपयोग गरेको अभियोगमा भएको मतदानमा ट्रम्पको पक्षमा ५२ मत परेको थियो भने विरुद्धमा ४८ मत परेको थियो।

अमेरिकाको संविधान अनुसार माथिल्लो सदनमा महाअभियोग पारित हुन दुई तिहाई मत आवश्यक चाहिन्छ।