काठमाडौं - मंगलबार देशभर १ हजार ५५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १ हजार ५५१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या ९० हजार ८१४ जना पुगेको छ । पछिल्लो पटक मंगलबार १ हजार ५५१ जना संक्रमित थपिएका हुन् । यसैगरी ६७ हजार ५४२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ३४० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ५६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको हो ।

साथै, काठमाडौ उपत्यकामा आज १ हजार १७ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ७८३, ललिपुरमा ११८, भक्तपुरमा ११६ जना गरि १ हजार १७ जना थपिएका हुन् ।