काठमाडौं -  प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सक्रियता बढाएका छन् । 

गौतम बिहीबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् । गौतम र प्रचण्डबीच झण्डै एक घण्टा भेटवार्ता भएको स्रोतले बताएको छ ।

भेटमा पार्टी एकता अभियान सञ्चालन गरिरहेका गौतमले सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र उनको बहिर्गमनपछि पनि नेकपाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । वामदेवको प्रस्तावमा प्रचण्ड पनि सकारात्मक रहेको स्रोतले बताएको छ । 

अदालतको आदेशपछि पूर्णरूपमा रक्षात्मक अवस्थामा पुगेको प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड-नेपाल पक्षलाई  एकताबद्ध बनाउने लक्ष्य राखेका गौतमको दौडलाई अर्थपूर्ण रूपमा लिइएको छ ।