एकै स्थानमा तीन बालकको शव फेला
खबर एक्सप्रेस
२०७७-०१-१२ १०:४० मा प्रकाशित
Total Shares: 556
नेपालगञ्ज - बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ ।
प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस