बलात्कार आरोपित पक्राउ
खबर एक्सप्रेस
२०७६-१०-०९ ११:०० मा प्रकाशित
Total Shares: 754
सप्तरी - इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो ।
पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ । आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।
फेसबुक पेज Like गर्नुहोस