एकैदिन कोशी अस्पतालबाट ८ कोरोना संक्रमित डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-०१-२६ १२:४८ मा प्रकाशित
Total Shares: 1437
विराटनगर - विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरुलाई शुक्रबार दिउँसो डिस्चार्ज गरिएको छ ।
पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । डिस्चार्ज भएकालार्य केहि समय चिकित्सकको निगरानीमा रहने बताइएको छ ।
यसअघि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज र्भसकेका छन् । योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस