काठमाडौं - माध्यमिक शिक्षा ९कक्षा १२ सम्म० निःशुल्क भनिए पनि निजी विद्यालयहरूले चर्को शुल्क लिएर अभिभावकमाथि दोहन गर्नेक्रम जारी राख्दै आएका छन् । विद्यार्थी भर्नापूर्व अहिले प्रायः सरकारी तथा निजी विद्यालयमा प्रवेश परीक्षा (इन्ट्रान्स)को तयारी थालिएको छ भने केही विद्यालयमा प्रवेश परीक्षा भइसकेको छ ।

सरकारले समेत कक्षा ११ र १२ मा शुल्क निर्धारण नगर्दा ती विद्यालयहरूले विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको पाइएको छ । निजी विद्यालयहरूले कलेजको नाममा विभिन्न संकायमा प्रतिविद्यार्थी ५० हजार रुपैयाँसम्म भर्ना शुल्क लिने गरेको पाइएको छ । विद्यालय शिक्षालाई कलेज भन्न मिल्दैन । सामुदायिक विद्यालयहरूले पनि विभिन्न शीर्षकमा शुल्क लिने गरेका छन् ।

 राजधानी दैनिकबाट