सञ्चारमाध्यममा विदेशी लगानी अस्वीकार्य : सञ्चारमन्त्री
काठमाडौं - सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया लोकतन्त्र छाडेर ‘भाँडतन्त्र’तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
अहिलेकै कार्यशैलीले काम गरेर नहुने भन्दै मन्त्री बाँस्कोटाले सामाजिक उत्तरदायित्व पूरा गर्नेखालको कार्यशैली अपनाउनुपर्नेमा जोड दिए ।
सोमबार काठमाडौंमा आयोजित श्रमनीति पत्रकार ऐन र न्यूनतम् पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौती विषयक अन्तरक्रियामा उनले मिडियाले स्वनियमन गरे मिडिया काउन्सिलको आवश्यकता नै नपर्ने बताए ।
मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासंघ अलमलिएको भन्दै पत्रकारहरुको न्यूनतम् मापदन्ड तोकिनुपर्नेमा जोड दिए ।मिडियाले राजनीतितर्फमात्र औंला ठड्याउने गरेको तर आफ्नो कमी–कमजोरी भने बेवास्ता गर्दै आएको उनको भनाइ थियो ।
फेसबुक पेज Like गर्नुहोस