प्रधानमन्त्री ओलीलाई प्लेटलेट्स चढाइयो
काठमाडौ - एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आइसियूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ ।
यसबारे अस्पतालले आधिकारिक रुपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरुका अनुसार शल्यक्रिया र डायलासिस कारण ओलीलाई प्लेटलेट्स चढउनुपरेको हो । प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ । साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ ।
मनमोहक कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा। डा। उत्तमकृष्ण श्रेष्ठले बिहीबार बिहान विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको जनाएका छन् ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस