काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएकी छन् ।

बिहीबार साँझ राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् । उनले प्रधानमन्त्रीको उपचार र स्वास्थ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर भइरहेको सुधारप्रति खुसी व्यक्त गर्दै उनले स्वास्थ लाभको शुभकामना पनि दिएकी छन् । 

मंगलबार ओलीको एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि शल्यक्रिया गरिएको थियो । बुधबार मात्रै ओलीको पाँचौपटक डायलासिस गरिएको थियो ।