काठमाडौं - अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानलाई टुक्रा–टुक्रा पार्ने काम भएको भनाई राखेका छन् । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको निवेदनमाथि संवैधानिक इजलासमा वहस गर्दै बन्दीले उक्त कुरा बताएका हुन् ।

रिट निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता बन्दीले केही  संविधान अनुसार विधि पुगेर प्रधानमन्त्रीको दाबी गर्नेलाई राष्ट्रपतिले इन्कार गर्न नपाउने बताए । प्रतिनिधिसभा विघटन सिफारिस र विघटन मध्यरातमा गरिनु गलत भएको उनले बताए । मध्यरातमा सिफारिस र विघटन गरेको घटनाले नियत प्रष्ट भएको उनको भनाई छ । 

राष्ट्रपतिले दुवैतिर नाम परेका सांसदलाई बोलाएर छलफल गर्न सकिने थिएन ? भनेर प्रश्न गरेका छन् । दुवैतर्फको दाबी परेपछि राष्ट्रपतिबाट परामर्श लिने कार्य पनि नगरिएको उनको भनाई छ । राष्ट्रपति राजनीतिमा आएको उनको भनाई छ । 

त्यस्तै, बहस टुंग्याउने क्रममा बन्दीले भने, ‘बालहठ जस्तै नाइ मलाई तेही केटी चाहिन्छ भन्ने गीतजस्तै राष्ट्रपतिले नाइ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भने झैं गर्नुभयो ।’