गण्डकी प्रदेशमा थप १८ मा कोरोना पुष्टि, २ सय २३ पुगे संक्रमित
खबर एक्सप्रेस
२०७७-०३-०२ १०:४७ मा प्रकाशित
Total Shares: 378
तनहुँ - गण्डकी प्रदेशमा थप १८ मा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, कास्की र बाग्लुङ मा १-१ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबै संक्रमित भारतबाट आएका हुन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस