काठमाडौं - नेपाली महिला भलिबल टोली १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा भारतसँग बंगलादेश पराजित भएसँगै नेपाली टोली सेमी फाइनल पुगेको हो ।

नेपाल समूह ‘ए’को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित कवर्डहमा सम्पन्न खेलको पहिलो सेटमा २५–१८ को जित निकालेको भारतले दोस्रो सेटमा २५–११ को जित निकाल्न सफल भएको थियो । अन्तिम सेटमा भारतले २५—९ को जित निकालेको थियो ।

भारत समूह विजेता बनेको छ । अब भारतले समूह ‘बी’को उप विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले भने समूह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ ।