सघन उपचारको व्यवस्थासहित प्रधानमन्त्री ओली चिकित्सकको निरन्तर निगरानीमा
काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै आएको चिकित्सकहरुले जनाएका छन् ।
त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा। उत्तम श्रेष्ठले बिहिबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको र निरन्तर चिकित्सकहरुको निगरानीमा राखिएको जनाएका छन् ।
अस्पतालले बिहिबार बिहान १० बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री ज्यूको मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगरानीमा राखि उपचार भैरहेको छ ।’
मंगलबार ओलीको एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि शल्यक्रिया गरिएको थियो । बुधबार मात्रै ओलीको पाँचौपटक डायलासिस गरिएको थियो ।
कुराकानी गर्न थालेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हेरेरमात्रै कहिले डिस्चार्ज गर्ने भन्ने निर्णय गर्ने चिकित्सकहरुले बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस