डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा घट्यो १० रुपैयाँ
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो।
'निगम संचालक समितिको २०७६/१२/१९ गतेको निर्णयानुसार निगमले मिति २०७६/१२/१९ को राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टितेलको साविकको खुद्रा बिकी मूल्यमा रु. १० घटाइएको छ,' निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'काठमाडौंको लागि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ९६ र डिजेल/मट्टितेलको खुद्रा विकी मूल्य ८५ प्रतिलिटर कायम गरेको छ।'
हवाई ईन्धन (आन्तरिक उडान तर्फ) मा प्रतिलिटर १५ घटाई ७५ रुपैयाँ प्रतिलिटर तथा बाह्य उडान तर्फ ९५ सेन्ट (अमेरिकी डलर अनुसार) कायम गरिएको जानकारी निमगले दिएको छ।
फेसबुक पेज Like गर्नुहोस