काठमाडौं - गुल्मीका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत रहेको पाइएको छ ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोटका ती संक्रमित व्यक्ति गत जेठ १ गते निमोनिया भएको भन्दै उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि हाल ती संक्रमित व्यक्तिको भेन्टिलेटरको सहायतामा आइसियूमा राखेर उपचार भइरहको छ । उनको जेठ २ गते थ्रोट स्वाब संकलन गरिएको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । ४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको खुलेको छ ।

उनको सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको कन्ट्याक्ट ट्रेसिङ भैरहेको बताइएको छ ।