यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरु
काठमाडौं - मन्त्रिपरिषदको असोज १७ गते बसेको बैठकले ६ वटा निर्णयहरु गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले नख्खुखोला – भैंसेपाटी – बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सहित ६ वटा निर्णय गरेको छ।
यी हुन् मन्त्रीपरिषदका निर्णय
१ . विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू । २ अर्व ७७ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।
२ . विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ।
३. आर्थिक वर्ष ०७६ र ७७ मा ऊर्जा , जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ।
४ . सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारवा थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ।
५ . नख्खुखोला – भैसेपाटी – बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ।
६ . नेपाल – भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ।
फेसबुक पेज Like गर्नुहोस