काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

वैशाख ६ गते बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। ओलीले समसायिक विषयमा पार्टीको धारणा तय गर्न बैठक बोलाएको स्रोतले बताएको छ । 

ओलीले यसअघि फागुन २८ गते र चैत्र ७ गते आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर विभिन्न निर्णय गरेका थिए । जुन बैठकलाई वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बहिस्कार गरेको थियो । ओलीले गरेका एकलौटाी निर्णय फिर्ता हुनुपर्ने नेपाल-खनाल पक्षको अडान छ भने फिर्ता नगर्ने पक्षमा ओली छन् । ओलीले वरिष्ठ नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई यसअघि नै ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।