काठमाडौं - सरकारी टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार बिहान बसेको वार्ता केही समयका लागि स्थगित भएको डा. केसी पक्षबाट वार्ता समितिमा बसेका एक सदस्यले बताए ।

वार्ता जारी नै रहेको केसी पक्षले बताएको छ। पुन: वार्ता बिहीबार राति वा शुक्रबार बिहान बस्ने केसी पक्षबाट वार्ता टोलीमा सहभागी भएका सदस्यले बताएका छन्। 

डा. केसी विगत २४ दिनदेखि अनसनरत् छन्। उनले विभिन्न ६ बुँदे माग राखेर सत्याग्रह थालेका थिए।  दुवै पक्षले कुन बुँदामा सहमति हुन नसकेकोबारे बताएका छैनन्। केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदा सरकारले बुधबार टोली गठन गरेको थियो।