बञ्चरोले हानेर जेठाजुले गरे बुहारीको हत्या
खबर एक्सप्रेस
२०७७-०५-१८ ०५:३८ मा प्रकाशित
Total Shares: 913
बनेपा - काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् ।
दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिना अधिकारीलाई बञ्चरो प्रहारी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
हत्यामा संलग्न अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस