मौसम : देशका अधिकांश भू–भागमा सामान्य बदली रहने
खबर एक्सप्रेस
२०७६-१०-०७ ११:०० मा प्रकाशित
Total Shares: 501
काठमाडौं - आज देशका विभिन्न ठाउँमा मौसम बदलि हुनुको साथै हल्का वर्षा हुने सम्भावना रहेको छ । मौसम पुर्वानुमान महाशाखाको अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको बताएको हो ।
महाशाखाको अनुसार हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ।
यसैगरी दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। भने पश्चिमी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखी मध्यम हिमपातको सम्भावना रहेको छ।
फेसबुक पेज Like गर्नुहोस