उच्चस्तरीय समितिको बैठक बस्दै
खबर एक्सप्रेस
२०७७-०२-१६ ०१:४१ मा प्रकाशित
Total Shares: 370
काठमाडौं - आज दिउँसो दुई बजे सिंहदरबारमा उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ ।
महामारीका रुपले फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न बैठक बस्ने भएको हो ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजनमा बस्ने उक्त बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास र विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ ।
विदेशमा समस्यामा परिरहेका नेपालीलाई स्वदेश फर्काउने बारेमा सरकारले तयारी गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस