काठमाडौं -  बागमती प्रदेश सरकारले सोनाम ल्होछारको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ ।

तामाङ समुदायको बाक्लो बसोबास रहेको यस प्रदेशलाई पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले माघ १० गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका ३ जिल्लाका केन्द्र सरकार मातहतका कार्यालयमा भने सार्वजनिक विदा दिइएको छैन ।

शुक्रबार काठमाडौं उपत्यकामा रहेका प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहमा भने विदा हुनेछ ।