सांसद पद गुमेका चार मन्त्रीको पुनर्नियुक्ति, ५ बजे शपथ
खबर एक्सप्रेस
२०७७-१२-२७ ०१:२८ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गर्दा सांसद पद गुमाएका चार नेताले आजै पुनर्नियुक्ति र शपथ लिने भएका छन् ।
नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् । उनीहरुको दिउँसो ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको बालुवाटार स्रोतले जानकारी दियो।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई पार्टीले कारबाही गरेको सूचना सुनाएका थिए । उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस