पाकिस्तानमा कोइला खानीमा पुरिएर कम्तीमा ९ मजदुरको मृत्यु
खबर एक्सप्रेस
२०७९-०८-१५ ०८:३५ मा प्रकाशित
Total Shares: 181
काठमाडौं - उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा ९ कामदारको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए । नौ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए ।
खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ । घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस