मन्त्री र सभापतिबीच भनाभन, कारण यस्तो
खबर एक्सप्रेस
२०७६-०३-२० ११:०० मा प्रकाशित
Total Shares: 478
काठमाडौं - विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ ।
बैठकको सुरुमा सभापतिले मन्त्री, सचिव र अन्यलाई विषयबस्तुबारे जानकारी गराएपछि मन्त्रीले सबैको जवाफ दिनुपर्छ भन्ने नभएकाले बैठकको प्रक्रियाको विषयमा असन्तुष्टी जनाएका थिए ।
मन्त्री र सभापतिबीच लामै विवाद भएपछि सांसद, पत्रकार र उपस्थितहरु समेत अन्यौलमा परेका थिए । सभापतिले बहिरा व्यक्तिलाई पनि सवारी चालक अनुमतिपत्र दिने विषयमा छलफल हुने र सरोकारवालालाई बोलाएको भन्नेबित्तिकै मन्त्रीले त्यसलाई नमान्ने भन्दै तत्काल प्रतिक्रिया दिएका थिए ।
नेपाल समाचारपत्रबाट
फेसबुक पेज Like गर्नुहोस