पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-१०-१२ ०९:३२ मा प्रकाशित
Total Shares: 166
काठमाडौं,एजेन्सी - पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले विस्फोट गराएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा दुई महिला पनि घाइते भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस