मनु हुमागाईंलाई नयाँ शक्तिले गर्याे कारबाही
खबर एक्सप्रेस
२०७६-०३-२० ११:०० मा प्रकाशित
Total Shares: 813
काठमाडौं - तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले मनु हुमागाईंलाई कारबाही गरेको छ । शुक्रबार महासंघले हुमागाईंलाई महिला शक्ति महासंघको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको हो ।
उनले संगठनलाई नोक्सान पुर्याउने गतिविधि गरेकोले महिला शक्ति महासंघको सचिवालय बैठकले यो निर्णय गरेको हो । बैठकमा महिला शक्ति महासंघकी इन्चार्ज हिसिला यमीको उपस्थितिमा आज काठमाडौंमा बसेको थियो ।
साथै बैठकले महिला शक्ति महासंघको संयोजकमा सर्वसम्मत रुपमा भगवती सुवेदीलाई चयन गरेको छ । हुमागाई आज देबेन्द्र पराजुली कल्पना धमलासंग नेकपा प्रवेश गर्दै छिन ।
फेसबुक पेज Like गर्नुहोस