काठमाडौं - कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले आफू र आफ्नो श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । ‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ’ उनले लेखेका छन् ।

उनले आफूसँग सम्पर्कमा आएका सम्पूर्णहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रहसमेत गरेका छन् । सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्न अनुरोध गर्दै उनले छिट्टै कोरोना संक्रमणलाई जित्ने विश्वास पनि दिलाएका छन् ।