काठमाडौं - सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रणका लागि आमनागरिकको जीवनरक्षा गर्न तत्कालै ‘पीसीआर’ परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ ।

बिहीबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन आदेश दिइएको हो ।

अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

कोरोनासँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरेपनि अदालतले भने विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।