धादिङका कोरोना संक्रमित युवक निको भए, आजै डिस्चार्ज गरिने
खबर एक्सप्रेस
२०७७-०१-१० ०२:४३ मा प्रकाशित
Total Shares: 557
काठमाडौं - युएईबाट आएका धादिङका कोरोना भाइरसबाट संक्रमित एक व्यक्ति निको भएका छन् । टेकु अस्पताल स्रोतका अनुसार ती युवक २८ दिनपछि निको भएका हुन् ।
उनी कोरोनाबाट निको हुने छैठौ व्यक्ति हुन्। उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भैरहेको अस्पतालले बताएको छ । गत चैत १२ गते संक्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना गरिएको थियो।
हाल नेपालमा कोरोनाको उपचारबाट ५ जना निको भएका छन् भने ४२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
फेसबुक पेज Like गर्नुहोस