नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं - विभागीय भागवण्ड सकेपछि बस्न लागेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।
जनवर्गीय र भातृसंगठनहरूको भागवण्डा नटुंगिएपछि शनिबारका लागि बोलाइएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आइतवारसम्मका लागि स्थगित गरिएको हो।
एकताको अन्तिम काम टुंग्याउन शनिबार ४ बजेका लागि सचिवालय बैठक बोलाइएको थियो। तर तयारी नपुगेपछि बैठक आइतबार मात्रै बस्ने पार्टीका महासचिव बिष्णु पौडेलले बताए।
भोलि बस्ने बैठकमा प्रदेश कमिटीस्तरीय विशेष कमिटी गठनको एजेण्डा रहेको स्रोतले जनाएको छ । नेकपाले एकताका क्रममा हालसम्म जिम्मेवारी पाउन नसकेका केन्द्रीय सदस्यलाई जनसंगठन इञ्चार्ज र सहइञ्चार्ज बनाउने तयारी गरेको बुझिएको छ ।
फेसबुक पेज Like गर्नुहोस