काठमाडौं, बाँके - नेपालगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दाङको घोराही उपमहानगरपालिका-३ गोग्लीका १५ वर्षिय किशोरको शुक्रबार राति ८:४५ बजे मृत्यु भएको हो ।

असोज १९ गते सोहि मेडिकल कलेजमा गरिएको स्वाब परिक्षणमा सोहिदिन रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई अस्पतालको कोभिड युनिटमा भर्ना गरिएको थियो । निमोनियाका बिरामीसमेत रहेका उनलाई प्लाज्मा थेरापीमार्फत् उपचार गरिएको थियो ।