काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने बताएका छन् ।

बालुवाटारस्थित आफ्नै सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताए।

उनले कठिनाइमा परेका जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘सरकार परिवर्तन हुनु धेरै ठुलो कुरा होइन । सरकार समय समयमा परिवर्तन भइरहन्छ । तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ । र, सिङ्गै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु–नेपाली जनतामा जुन विश्वास जागेको छ । आशा, भरोसा जागेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भीरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए ।

प्रधानमन्त्री ओलीले नयाँ सरकार आएपछि सिङ्गै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुने गरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तीव्रताका साथ काम गर्ने बताए ।