काठमाडौं - प्रहरीले सशस्त्र प्रहरीका जवानको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका–३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेश कुमार यादव र २२ वर्षीय बुलना भन्ने मुकेश कुमार यादव रहेका छन् । 

असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरको पानीमा उनीहरुले सशस्त्र प्रहरी जवान यादवको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रदेश २ प्रहरीले बताएको छ । उनीहरुले एक विवाहमा भएको सामान्य विवादको क्रममा चोर–चोर भन्दै ३ किलोमिटरसम्म लखेटेर जवान यादवको हत्या गरेको प्रहरीको भनाई छ ।