काठमाडौंमा आज वर्षकै सबैभन्दा चिसो
खबर एक्सप्रेस
२०७६-०९-०९ ११:०० मा प्रकाशित
Total Shares: 544
काठमाडौं - उपत्यकामा बुधवार (आज)वर्षकै चिसो भएको छ । बिहान पौने ६ बजे न्यूनतम तापक्रम ३ डिग्रि रहेकोमा पौने ९ बजे आइपुग्दा २.९ डिग्री सेल्सियसमा झरेको हो ।
काठमाडौंमा यो वर्षकै सबै भन्दा न्यून तापक्रम हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्लो दिनको तुलनामा दिउँसो पनि चिसो नै हुने भएको छ ।
चिसो बढेपछि काठमाडौंमा पनि आगो ताप्न थालिएको छ । चिसो अझै बढ्ने अनुमान मौसमविदहरुले गरेका छन् । जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६ दशमलव ५ डिग्रिमा झरेको छ ।
फेसबुक पेज Like गर्नुहोस