पसल खोल्न र निजी गाडी चल्न दिने मन्त्रिपरिषद् बैठकको निर्णय
खबर एक्सप्रेस
२०७७-०२-२८ १०:१९ मा प्रकाशित
Total Shares: 439
काठमाडौं - सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । सरकारले जोर बिजोर प्रणालीबाट निजी सवारी साधन चल्न दिने निर्णय गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजार पसल पनि खोल्न दिने निर्णय गरेको छ । सुरक्षा मापदण्ड अपनाएर सबै किसिमका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने माग गर्दै आएका थिए । अब पसल र निजी सवारी साधनहरु भोलीबाट नै खुल्नेछन् ।
सरकारले असार ७ गतेभित्र कर तिर्न व्यापारीहरुलाई ताकृता गरेपछि व्यापारीहरुले जर्बजस्ती पसल खोल्दै आएका थिए । प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै पसलहरु बन्द गराउँदै आएको थियो ।
फेसबुक पेज Like गर्नुहोस