काठमाडौं-सत्तारुढ दलहरूको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्न लागेको हो ।

संसद्को जारी अधिवेशन, विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरू सहभागी हुने बताइएको छ ।

यसअअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।