काठमाडौं - लकडाउन अवधिभर शुल्क नतिरे पनि इन्रटनेट नकाटिने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिभर पैसा नतिरे पनि सेवा बन्द नगर्न निर्देशन दिएको हो । सबै सेवा प्रदायकलाई लिखित निर्देशन दिँदै प्राधिकरणले लकडाउन खुलेपछि ग्राहसँग एकमुष्ट शुल्क लिन भनेको छ ।

त्यसरी शुल्क लिँदा ढिला तिरेबापतको जरिवाना (बिलम्ब शुल्क) लिन नपाइने पनि प्राधिकरणको निर्देशनमा छ । सम्भव भएसम्म अनलाइनमार्फत भुक्तानी लिन र नभए लकडाउनपछि एकमुष्ट रुपमा लिन भनिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।