कोरोना संक्रमित देखिएपछि ललितपुरको आरोग्य प्रतिष्ठान सिल
खबर एक्सप्रेस
२०७७-०१-३१ १२:२८ मा प्रकाशित
Total Shares: 417
काठमाडौं - कोरोना संक्रमित भेटिएपछि ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान सिल गरिएको छ । मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती प्रतिष्ठानकी कर्मचारी रहेको खुलेपछि बुधबार बिहानदेखि प्रतिष्ठान भएको भवन सिल भएको हो ।
कोरोना संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौँ आएकी थिइन्। उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएका थिए । सोही कारण प्रतिष्ठान सिल गरिएको हो । हाल संक्रमित युवतीलाई टेकु अस्पतालमा भर्ना गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस